खोटाङ । खोटाङमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर- १ याम्खा पोखरेका चार वर्षीय दिप्सन भुजेलको मृत्यु भएको हो ।
शनिबारदेखि झाडापखालाको विरामी भएका भुजेललाई उपचारको लागि आईतबार जिल्ला अस्पतालमा ल्याइएको थियो ।
अस्पताल ल्याइएको केही समयमै भुजेललाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । मृतक बालकको शव परिवार बुझेर दाहासत्कारको लागि लगेका छन् ।
याम्खामा अहिले दैनिक दुई/तीन जनामा झाडापखालाको प्रकोप देखिएको छ । स्वास्थ्य चौकी याम्खाका अनुसार दिनमा दुई/तीनजना झाडापखालाका विरामी आउने गरेका छन् ।