खोटाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङले दिक्तेलबजारको सडक सरसफार्इ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) खोटाङले १९ औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा आज (शुक्रबार) दिक्तेल बुहुमुखी क्याम्पसदेखि हाटडाँडासम्मको सडक आसपासका स्थानीय बासिन्दाले जथाभावी फालेका फोहर सरसफाइ गरेको हो ।
सरसफाइ कार्यक्रममा जम्मा गरिएको फोहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको फोहर व्यवस्थापन केन्द्रमा लगेर बिसर्जन गरिने आयोजक अखिल (क्रान्तिकारी) खोटाङका जिल्ला संयोजक डार्विन चाम्लिङले जानकारी दिए ।
दिक्तेल बहुमुखी क्याम्पस इकाइ समितिसँगको सहकार्यमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा ३० बोरा फोहर सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलाई सफा र सुन्दर बनाउन १९ औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा सचेतनामूलक कार्यक्रमसहित सरसफाइ गरिएको क्याम्पस इकाइ समिति अध्यक्ष ललिजन राईले जानकारी दिए ।