• ट्रेण्डिङ:

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस सम्पन्न

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस सम्पन्न

रोदिक खबर

२०, भाद्र २०८१
  • 2.7K
    SHARES
  • मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस सम्पन्न

    खोटाङ । खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस विविध कार्यक्रम गर्दै मनाइएको छ । तीनै तहका सरकारको प्रतिवद्धता: मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ जिल्ला प्रशासन कार्यालय खोटाङको आयोजनामा विहीवार सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्दै दिवस मनाएको हो ।

    प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको अध्यक्षता तथा जिल्ला समन्यव समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्याताकै कलंक र जघन्य अपराध भएको बताएका छन् । मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै यसविरुद्ध बनेका कानुनहरुको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

    ma.jpgजिल्ला समन्यव समितिको सभा हलमा भएको कार्यक्रममा सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता टीकाभुषण घिमिरे, रणभीम गण मुढे व्यारेकका सेनानी भरतकुमार आङवुहाङ लिम्बु, सशस्त्र प्रहरी बल ७ नं गुल्म हलेसीका सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापा, राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका प्रमुख अनुसन्धान अधिकृत नृत्यानन्द ढुङ्गाना, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्की, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, अन्तरपार्टी महिला सञ्जाल खोटाङका सदस्य डिल्लीकुमारी आचार्य, जिल्ला समन्यव समिति खोटाङका निमित्त जिल्ला समन्यव अधिकारी सिताराम आचार्य, इन्सेक प्रतिनिधि तारानाथ फुयाल लगायतको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय खोटाङ प्रशासकीय अधिकृत हिराधन राईले जानकारी दिए ।

    सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो । त्यही दिनको स्मरणमा हरेक वर्ष मानव बेचबिखन विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।

    प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - १३:२६:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको