शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सँगिनी नाच प्रतियोगितामा महिला अधिकार मञ्च जालपा प्रथम

सँगिनी नाच प्रतियोगितामा महिला अधिकार मञ्च जालपा प्रथम

रोदिक खबर

२१, भाद्र २०८१
  • 2.2K
    SHARES
  • सँगिनी नाच प्रतियोगितामा महिला अधिकार मञ्च जालपा प्रथम

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको सँगिनी नाच प्रतियोगितामा महिला अधिकार मञ्च जालपा प्रथम भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको वडास्तीय प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ जालपा प्रथम भएको हो ।

    प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेलको गुप्तेश्वर आमा समूह दोस्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकावडा नं. ५ लफ्याको सँगिनी समूह तेस्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ फूलबारी आमा समूह सान्त्वना भएका छन् ।

    प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः नगद छ हजार, पाँच हजार, चार हजार र तीन हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिइन् ।2.jpg

    प्रतियोगिताका विजयी समूहलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई र सोलुदूधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा काजी खतिवडा, चित्रकुमार सुवेदी र मुना चम्लागाई (घिमिरे) रहेका थिए ।

    nir.jpg प्रतियोगिताममा सहभागी अन्य समूहलाई यातायात खर्च उपलब्ध गराइएको आयोजकले जनाएको छ । बढ्दो आधुनिकीकरणका कारण मौलिक परम्पताअनुसार नाचिने सँगिनी नाच लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको शाखा प्रमुख राईले बताइन् ।

    ka.jpgsa.jpg

    प्रकाशित मिति :भाद्र २१, २०८१ शुक्रवार - २०:२७:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको