• ट्रेण्डिङ:

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक

रोदिक खबर

८, आश्विन २०८१
  • 1.5K
    SHARES
  • नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक

    झापा । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक परेको छ ।

    ढुङ्गानाका पिता देवी प्रसाद ढुङ्गानाको ९१ वर्षको उमेरमा निधन भएको हो ।

    पाँचथरको फिदिम नगपालिका २ साम्दिन घर भएका ढुङ्गाना अचानक अस्वस्थ्व भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको थियो ।

    १९९१ साल साउनमा जन्मिएका ढुङ्गानाका श्रीमती लुमादेवी तथा सात छोरा र ५ जना छोरी रहेका छन् । जसमध्ये लवदेव नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष हुन् भने लक्ष्मी ढुङ्गाना पाँचथर वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् ।

    प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - १९:३९:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको