• ट्रेण्डिङ:

मनसुन सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट (उच्च जोखिममा कुन कुन जिल्ला छन् हेर्नुस्)

मनसुन सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट (उच्च जोखिममा कुन कुन जिल्ला छन् हेर्नुस्)

रोदिक खबर

९, आश्विन २०८१
  • 6.6K
    SHARES
  • मनसुन सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट (उच्च जोखिममा कुन कुन जिल्ला छन् हेर्नुस्)

    खोटाङ । मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो ।

    ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ । मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ ।

    महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।

    महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।

    असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ । मौसमविदका अनुसार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

    यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ । उच्च सतर्कता अपनाउन आग्रह यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।

    यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ ।

    ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने आशंका छ ।

    त्यसैले मौसमविदले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्च सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेका छन् ।

    हेर्नुहोस् जोखिमको सूची-

    Screenshot_20240925_190442_Chrome.jpg

     

    प्रकाशित मिति :आश्विन ९, २०८१ बुधवार - १९:१२:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको