• ट्रेण्डिङ:

आज राति ९:४५ बाट डीभी खुल्दै

आज राति ९:४५ बाट डीभी खुल्दै

रोदिक खबर

१६, आश्विन २०८१
  • 1.7K
    SHARES
  • आज राति ९:४५ बाट  डीभी खुल्दै

    खोटाङ । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ ।

    अमेरिकी दूतावासका अनुसार बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

    एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ ।

    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - १८:५८:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको