• ट्रेण्डिङ:

नेपाल-चीन सिमाना केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

नेपाल-चीन सिमाना केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

रोदिक खबर

२३, पौष २०८१
  • 2.2K
    SHARES
  • नेपाल-चीन सिमाना केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।

    बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

    भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।

    लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ०७:२७:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको