• ट्रेण्डिङ:

खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त

खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त

रोदिक खबर

२६, माघ २०८१
  • 1.9K
    SHARES
  • खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त

    खोटाङ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ ।

    क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।

    चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । अरु कुन-कुन कार्यकक्ष थियो भन्ने खुलेको छैन । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।

    सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए ।

    आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।

    प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - ११:३६:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको