• ट्रेण्डिङ:

हलेसी बजारमा भीषण आगलागी

हलेसी बजारमा भीषण आगलागी

रोदिक खबर

४, फाल्गुण २०८१
  • 2.4K
    SHARES
  • हलेसी बजारमा भीषण आगलागी

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा पदम राईको ग्याँस पसलबाट आगो लाग्न सुरू भएको हो ।

    स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि आगो नियन्त्रणबाहिर रहेको उपप्रमुख रमेशकुमार राउतले जानकारी दिए ।

    आगालागीबाट दुई घर पूर्णरूपमा जलिसकेको र आगो नियन्त्रणमा नआए अन्य १० घर जोखिममा रहेको बताइएको छ । स्थानीय पदम राई र आइराख राईका घर जलिसकेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - २०:१७:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको