बिहिवार, कार्तिक १३ गते २०८३

भूकम्पमा आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

भूकम्पमा आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

रोदिक खबर

१६, फाल्गुण २०८१
  • 2.1K
    SHARES
  • भूकम्पमा आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक  कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

    काठमाडौं । भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

    उनको व्यक्तिगत परिचय भने आफुकहाँ आइनसकेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले शक्तिशाली भूकम्पको धक्का महसुस गरिएपनि थप भौतिक वा मानवीय क्षतिको विवरण आइनसकेको बताएका छन् ।

    प्रमुख जिल्ला अधिकारी थापाले विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने जानकारी दिए ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    यस्तै, भूकम्पको धक्का खोटाङ सहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ ।

    प्रकाशित मिति :फाल्गुण १६, २०८१ शुक्रवार - ०४:३४:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको