• ट्रेण्डिङ:

भूकम्पमा आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

भूकम्पमा आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

रोदिक खबर

१६, फाल्गुण २०८१
  • 2.0K
    SHARES
  • भूकम्पमा आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक  कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

    काठमाडौं । भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

    उनको व्यक्तिगत परिचय भने आफुकहाँ आइनसकेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले शक्तिशाली भूकम्पको धक्का महसुस गरिएपनि थप भौतिक वा मानवीय क्षतिको विवरण आइनसकेको बताएका छन् ।

    प्रमुख जिल्ला अधिकारी थापाले विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने जानकारी दिए ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    यस्तै, भूकम्पको धक्का खोटाङ सहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ ।

    प्रकाशित मिति :फाल्गुण १६, २०८१ शुक्रवार - ०४:३४:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको