महिला दिवसमा दिक्तेलमा नृत्य प्रतियोगिता

महिला दिवसमा दिक्तेलमा नृत्य प्रतियोगिता

रोदिक खबर

२४, फाल्गुण २०८१
  • 3.6K
    SHARES
  • महिला दिवसमा दिक्तेलमा नृत्य प्रतियोगिता

    खोटाङ । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नृत्य प्रतियोगिता गराएको छ।

    शनिबार दिक्तेलस्थित समिक्षालय हलमा महिलाहरुको सामूहिक नृत्य प्रतियोगितामा जालपाको ज्योति समूह प्रथम, दिक्तेलको लालीगुराँस समूह दोश्रो र बुईपाको चम्पावती समूह तेश्रो भएको छ ।

    नृत्य प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने समूहलाई क्रमश ९ हजार, ७ हजार, ५ हजार र सान्त्वना हुने दिक्तेलकै समावेशी समूहलाई ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका महिला विकास शाखा प्रमुख इरन राईले बताइन्। प्रतियोगितामा १४ समूहले भाग लिएका थिए ।

    भाग लिएका अन्य १० समूहलाई भने यातायात खर्च स्वरुप प्रति समूह १ हजार प्रदान गरिएको छ। नारीहरुको हक अधिकार र राष्ट्रभाव बोल्ने गीतमा नृत्य प्रतियोगिता गराईएको हो।

    प्रकाशित मिति :फाल्गुण २४, २०८१ शनिवार - २२:०३:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको