शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

घरको बार्दलीबाट लडेर घाइते बालिकाको मृत्यु

घरको बार्दलीबाट लडेर घाइते बालिकाको मृत्यु

रोदिक खबर

९, चैत्र २०८१
  • 6.7K
    SHARES
  • घरको बार्दलीबाट लडेर घाइते बालिकाको मृत्यु

    खोटाङ ९ चैत्र । घरको बार्दलीबाट लडेर घाइते भएकी बालिकाको उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको छ ।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल रत्नपार्कस्थित मान कुमारी राईको घरमा डेरा गरि बस्दै आएका अशोक पोखरेलको २१ महिने छोरी अनुसाेया पोखरेलको मृत्यु भएको हो ।

    शुक्रबार साझ घरको माथिल्लो तलाको पछाडि पट्टिको बार्दलीको बारा खुस्केर भुइँमा खस्दा घाइते भएकी बालिकाको उपचारका लागि काठमाडाैं लैजादै गर्दा जयराममा पुगेपछि मृत्यु भएको सोही घरमा बस्ने मेनुका थापाले जानकारी दिइन् ।

    मृतक बालिकाको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ९, २०८१ शनिवार - ०६:४०:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको