• ट्रेण्डिङ:

हातमा कालोपट्टी बाँधेर काम गर्दै खोटाङका पत्रकारहरु

हातमा कालोपट्टी बाँधेर काम गर्दै खोटाङका पत्रकारहरु

रोदिक खबर

१७, चैत्र २०८१
  • 2.7K
    SHARES
  • हातमा कालोपट्टी बाँधेर काम गर्दै खोटाङका पत्रकारहरु

    खोटाङ, १७ चैत । राजावादीको हिंसात्मक आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा खोटाङका पत्रकारले लगातार दोश्रो दिन हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

    नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा चैत १६ गते नै हातमा कालोपट्टी बाँधेर कर्मक्षेत्रमा खटिएका पत्रकारले दोश्रो दिन पनि कालोपट्टी बाँधेर कामलाई निरन्तरता दिएका हुन् ।

    चैत १७ गते भने केन्द्रीय समितिको निर्देशन अनुसार हातमा कालोपट्टी बाँधेर काम गरिएको नेपाल पत्रकार महासंघ शाखा, खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए ।

    आन्दोलनको भिडियो खिचिरहेका पत्रकार रजकलाई एउटा कम्प्लेक्सभित्र थुनेर आगो लगाएर जलाएर हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा जिल्लाका पत्रकार बिरोधमा उत्रिएका छन् ।

    चैत १५ गते राजावादी समूहले काठमाडौंमा गरेको आन्दोलनका क्रममा तीनकुनेस्थित एक कम्प्लेक्समा आगजनी गरिएको थियो ।

    त्यही कम्प्लेक्सबाट भिडियो खिचिरहेका रजकलाई बाहिरबाट ताल्चा लगाएर थुनिदिएका थिए ।

    बाहिरबाट ताल्चा लगाइएका कारण निस्कन नपाउँदा उनको त्यही जलेर मृत्यु भएको थियो । ‘आन्दोलनकर्मी वा लुटपाटमा संलग्न समुहले पत्रकार रजकलाई थुनेर आगो लगाएको हो’ भन्ने तथ्य खुल्न बाँकी छ ।

    उनको हत्या भएको बिरोधमा नेपाल पत्रकार महासंघले देशभर बिरोधका कार्यक्रम गरिरहेको छ ।

    प्रकाशित मिति :चैत्र १७, २०८१ आइतवार - १८:०२:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको