• ट्रेण्डिङ:

जाजरकोटमै केन्द्रविन्दु भएर दोस्रो भूकम्प, अघिल्लोभन्दा शक्तिशाली

जाजरकोटमै केन्द्रविन्दु भएर दोस्रो भूकम्प, अघिल्लोभन्दा शक्तिशाली

रोदिक खबर

२२, चैत्र २०८१
  • 2.6K
    SHARES
  • जाजरकोटमै केन्द्रविन्दु भएर दोस्रो भूकम्प, अघिल्लोभन्दा शक्तिशाली

    जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प भएको छ। अघिल्लो भूकम्पभन्दा दोस्रो भूकम्प बढी शक्तिशाली छ।

    जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भएर शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो। उक्त भूकम्प ५.२ म्याग्निच्युडको थियो।

    दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा गएको छ। बेलुकाकाे २०:१० बजे जाजरकोट जिल्लाकाे कुशे गाउँपालिका पैँक भन्ने स्थानमा केन्द्रबिन्दु भई ५.५ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

    क्षतिकाे विवरण बुझ्ने कार्य भइरहेकाे छ र कुशे, बारेकाेट, छेडाकाे माथिल्लाे भाग र जुनिचाँदे क्षेत्रमा क्षति गरेकाे हुन सक्ने प्रहरीले बताएको छ।

    भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो।

    प्रकाशित मिति :चैत्र २२, २०८१ शुक्रवार - २२:१६:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको