कर्मचारी युनियनद्वारा मिर्गौला रोगी गजमेरलाई एक लाख ७६ हजार आर्थिक सहयोग

कर्मचारी युनियनद्वारा मिर्गौला रोगी गजमेरलाई एक लाख ७६ हजार आर्थिक सहयोग

रोदिक खबर

२३, चैत्र २०८१
  • 4.1K
    SHARES
  • कर्मचारी युनियनद्वारा मिर्गौला रोगी  गजमेरलाई  एक  लाख ७६ हजार आर्थिक सहयोग

    मिर्गौला रोगी वन रक्षक गजमेरलाई १ लाख ७६ हजार आर्थिक सहयोग खोटाङ, २३ चैत । डिभिजन वन कार्यालय खोटाङमा कार्यरत वन रक्षक विनोद गजमेर मिर्गौला सम्वन्धी रोगसँग जुधिरहेका छन् । दुबै मिर्गौला फेल भएको पुष्टि भएपछि वन रक्षक गजमेरले टिचिङ अस्पताल, काठमाडौंमा डायलासिस गराइरहेका छन् ।

    मिर्गौला रोगबाट पीडित गजमेरको जीवन बचाउँका लागि हाल शुभेच्छुक तथा सहयोगीले आर्थिक संकलन गर्न हातेमालो गरिरहेका छन् । ‘जीवन–मरण’को दोसाँधमा संघर्ष गरिरहेका गजमेरको उपचारका लागि नेपाल निजामती कर्मचारी युनियन खोटाङले १ लाख ७६ हजार ४१८ रुपैयाँ जुटाइदिएको छ ।

    युनियनको पहलमा संकलन गरिएको रकम चैत २३ गते बिरामीलाई भेटेर हस्तान्तरण गरिएको नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष सम्भु तामाङले बताए ।

    संकलन भएको रकम नेपाल निजामती कर्मचारी युनियन खोटाङका उपाध्यक्ष चिरञ्जीवि आचार्य र पाण्डव घिमिरेले हस्तान्तरण गरेका छन् । व्याडमिन्टन संघ खोटाङले पनि गजमेरलाई चैत ७ गते १ लाख ८९ हजार ८५० रुपैयाँ हस्तान्तरण गरेको थियो । स्वास्थ्यमा समस्या आएपछि भारतमा गएर चेकजाँच गराउँदा गजमेरको मिर्गौला फेल भएको पूष्टि भएको थियो । गजमेरको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । त्यही कारण गजमेरका लागि आफन्त तथा शुभेच्छुकले आवश्यक आर्थिक सहयोग जुटाइरहेका छन् ।

    प्रकाशित मिति :चैत्र २३, २०८१ शनिवार - २१:१७:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको