बिहिवार, कार्तिक १३ गते २०८३

कर्मचारी युनियनद्वारा मिर्गौला रोगी गजमेरलाई एक लाख ७६ हजार आर्थिक सहयोग

कर्मचारी युनियनद्वारा मिर्गौला रोगी गजमेरलाई एक लाख ७६ हजार आर्थिक सहयोग

रोदिक खबर

२३, चैत्र २०८१
  • 4.2K
    SHARES
  • कर्मचारी युनियनद्वारा मिर्गौला रोगी  गजमेरलाई  एक  लाख ७६ हजार आर्थिक सहयोग

    मिर्गौला रोगी वन रक्षक गजमेरलाई १ लाख ७६ हजार आर्थिक सहयोग खोटाङ, २३ चैत । डिभिजन वन कार्यालय खोटाङमा कार्यरत वन रक्षक विनोद गजमेर मिर्गौला सम्वन्धी रोगसँग जुधिरहेका छन् । दुबै मिर्गौला फेल भएको पुष्टि भएपछि वन रक्षक गजमेरले टिचिङ अस्पताल, काठमाडौंमा डायलासिस गराइरहेका छन् ।

    मिर्गौला रोगबाट पीडित गजमेरको जीवन बचाउँका लागि हाल शुभेच्छुक तथा सहयोगीले आर्थिक संकलन गर्न हातेमालो गरिरहेका छन् । ‘जीवन–मरण’को दोसाँधमा संघर्ष गरिरहेका गजमेरको उपचारका लागि नेपाल निजामती कर्मचारी युनियन खोटाङले १ लाख ७६ हजार ४१८ रुपैयाँ जुटाइदिएको छ ।

    युनियनको पहलमा संकलन गरिएको रकम चैत २३ गते बिरामीलाई भेटेर हस्तान्तरण गरिएको नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष सम्भु तामाङले बताए ।

    संकलन भएको रकम नेपाल निजामती कर्मचारी युनियन खोटाङका उपाध्यक्ष चिरञ्जीवि आचार्य र पाण्डव घिमिरेले हस्तान्तरण गरेका छन् । व्याडमिन्टन संघ खोटाङले पनि गजमेरलाई चैत ७ गते १ लाख ८९ हजार ८५० रुपैयाँ हस्तान्तरण गरेको थियो । स्वास्थ्यमा समस्या आएपछि भारतमा गएर चेकजाँच गराउँदा गजमेरको मिर्गौला फेल भएको पूष्टि भएको थियो । गजमेरको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । त्यही कारण गजमेरका लागि आफन्त तथा शुभेच्छुकले आवश्यक आर्थिक सहयोग जुटाइरहेका छन् ।

    प्रकाशित मिति :चैत्र २३, २०८१ शनिवार - २१:१७:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको