• ट्रेण्डिङ:

फेदीकाे चिलिम लाहुरे सामुदायिक वनमा रेडपाण्डा फेला

फेदीकाे चिलिम लाहुरे सामुदायिक वनमा रेडपाण्डा फेला

रोदिक खबर

५, बैशाख २०८२
  • 3.4K
    SHARES
  • फेदीकाे चिलिम लाहुरे सामुदायिक वनमा  रेडपाण्डा फेला

    खोटाङ, ४ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित चिलिम लाहुरे सामुदायिक वनमा पुःन रेडपाण्डा देखिएको छ ।

    यसअघि पनि रेडपाण्डा देखिएको चिलिम लाहुरे सामुदायिक वनमा बैशाख २ गते पुःन रेडपाण्डा भेटिएको हो ।

    रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज नेपाल खोटाङद्धारा सञ्चालित पूर्वी नेपालमा समुदायमा आधारित रेडपाण्डा (हाब्रे) संरक्षण परियोजना अन्तरगत समेटिएको सामुदायिक वनमा स्थानीय मनोज राईले रेडपाण्डा भेट्टाएका हुन् । राईले रेडपाण्डाको तस्बीर र भिडियो कैंद गर्न सफल भएका छन् ।

    जनकल्याण समाजका कार्यक्रम अधिकृत तेजबिनोद पोखरेलका अनुसार रेडपाण्डाको संरक्षणका लागि चिलिम लाहुरे सामुदायिक वनमा चिलिम–लाहुरे रेडपाण्डा ब्लक बनाइएको छ ।

    परियोजनाले सो ब्लकमा धनकुमार राई र कुमारजङ राईलाई हेरालुको रुपमा राखेको छ । गत वर्ष सर्भेक्षणका क्रममा पनि रेडपाण्डा देखिएको जनकल्याण समाज नेपाल खोटाङका अध्यक्ष बिरेन्द्र मगरले बताए ।

    प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - २०:३६:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको