शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

रावावेशीका कार्यालय सहयोगी रेग्मी मृत फेला

रावावेशीका कार्यालय सहयोगी रेग्मी मृत फेला

रोदिक खबर

८, बैशाख २०८२
  • 4.9K
    SHARES
  • रावावेशीका कार्यालय सहयोगी रेग्मी  मृत फेला

    खोटाङ, ८ वैशाख । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत फेला परेका छन् ।

    सोही गाउँपालिकाको वडा नं. १ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज (सोमबार) मृत भेटिएका हुन् ।

    कार्यालय सहयोगी रेग्मी गोरेटो बाटोबाट करिब ८/९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टा माथि परेको अवस्थामा मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए ।

    मृतक रेग्मी गएराति दाजुको घरबाट करिब साढे ८ बजे हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ ।

    कार्यालय सहयोगी रेग्मीको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।

    मृतक रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।

    तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै कर्मचारी समायोजनका क्रममा रावाबेँसी गाउँपालिका पुगेका रेग्मीको श्रीमतीसहित चार छोरी र एक छोरा छन् ।

    मृतक रेग्मी १६ महिनापछि अनिवार्य अवकाश हुँदै थिए । अत्याधिक पदार्थ सेवन गर्दै आएका रेग्मीले सोही कारण लडेर ज्यान गुमाएको स्थानीयवासीले बताएका छन् ।

    वैशाख–७ गते (हिजो) बिहान घरमा आफन्तहरुसँगै खाना खाएर कार्यालय गएका रेग्मी घर बेलुका नपुग्दै बाटैमा मृत फेला परेपछि आफन्तहरु चिन्तित बनेका छन् ।

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १३:१५:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको