• ट्रेण्डिङ:

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

रोदिक खबर

१२, बैशाख २०८२
  • 3.0K
    SHARES
  • सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

    खोटाङ १२ वैशाख । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

    शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।

    आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।

    प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - १२:४७:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको