• ट्रेण्डिङ:

१४ जना सशस्त्र प्रहरी सम्मानित

१४ जना सशस्त्र प्रहरी सम्मानित

रोदिक खबर

१२, बैशाख २०८२
  • 3.4K
    SHARES
  • १४ जना सशस्त्र प्रहरी सम्मानित

    खोटाङ । सशस्त्र प्रहरी बल नेपाल नं.७ गुल्म हे क्वा हलेसी खोटाङले १४ जना सशस्त्र प्रहरीलाई सम्मान गरेको छ।

    दिक्तेल रुपाकोट मझुवागी नगरपालिका–५ लफ्याङमा रहेको गुल्मले १५ औं स्थापना दिवसका अवसरमा शुक्रबार बिहान एकजना महिला र १३ जना पुरुष प्रहरीलाई कदरपत्र दिंदै सम्मान गरेको हो।

    स्थापना दिवसका अवसरमै दिक्तेल अंग्रजी आवासीय माध्यमिक विद्यालय र माउण्ट एभरेष्ट बोर्डिङ स्कुललाई कदर पत्र प्रदान गरेको छ।

    माउण्ट एभरेष्टले सशस्त्र प्रहरीका सन्ततीलाई मासिक शुल्कमा ४० र वार्षिक शुल्कमा ३२ प्रतिशत छुट दिईरहेको र दिक्तेल अंग्रजी आवासीय विद्यालयले प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरिरहेकाले कदर पत्र प्रदान गरिएको गुल्मले जनाएको छ।

    गुल्मले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, शुभद्रा–मदन फाउण्डेसन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र सोही नगरपालिकाको निर्मलीडाँडालाई कदर पत्र प्रदान गरेको छ। सशस्त्र प्रहरी वरीष्ठ उपरीक्षक मनिष थापाको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाईएको हो।

    प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - १४:०८:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको