शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायव निरीक्षक राजवंशीको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायव निरीक्षक राजवंशीको मृत्यु

रोदिक खबर

२५, जेठ २०८२
  • 3.6K
    SHARES
  • झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को मृत्यु भएको छ।मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका–४ बस्ने हाल इलाम बीओपी समालबुङ पोस्टमा कार्यरत ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    प्रहरीका अनुसार शनिबार साँझ ७:५५ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका–३ स्थित सानो केर्खामा उनी सवार प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

    उनी घर बिदा पूरा गरी ब्यारेकतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

    दुर्घटनामा परी घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए। मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जनाइएको छ।

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - ०९:५५:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको