जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि खोटाङमा तीन करोड बजेट विनियोजन

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि खोटाङमा तीन करोड बजेट विनियोजन

रोदिक खबर

१, आषाढ २०८२
  • 8.4K
    SHARES
  • जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि खोटाङमा तीन करोड बजेट विनियोजन

     खोटाङ । खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि कोशी प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले तीन करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

    जिल्लामा जडिबुटीजन्य सामग्रीहरु प्रशस्त पाइने भएकाले स्थानीय स्रोत साधनको सही सदुपयोग गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले निजी क्षेत्रको साझेदारीमा जडीबुटी उत्पादन र प्रवद्र्धन गर्नका लागि  बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले बताए । मन्त्री राईका अनुसार स्वास्थ्य मन्त्रालय अन्तरगतको यो महत्वपूर्ण कार्यक्रमको रुपमा यसलाई राखिएको छ ।

    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।

    प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - २२:३३:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको