खोटाङ । लागू औषध दुव्र्यसन र विकृतिलाई निरुत्साहित गर्न स्थानीय तहदेखि नै सचेतना परामर्श कार्यक्रम ल्याउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
खोटाङको दिक्तेलमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको छलफल तथा अन्तरक्रिया कार्यक्रमका बोल्ने वक्ताहरुले बढ्दो क्रममा रहेको लागू औषध दुव्र्यसनीले सामाजिक, आर्थिक अवस्थालाई नकारात्मक प्रभाव पारेकोले लागू औषध दुव्र्यसन र विकृतिलाई निरुत्साहित गर्न स्थानीय तहदेखि नै सचेतना परामर्श कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
‘स्वस्थ सभ्य, सुरक्षित समाजको प्रतिवद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता’ भन्ने मुल नारासहित शुक्रवार शुरु भएको सप्ताहव्यापी लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको कार्यक्रममा लागू औषध दुव्र्यसनीले घरपरिवार मात्र नभई समाजलाई नै तहसनहस पार्ने हुँदा नियन्त्रण तथा रोकथामका लागि प्रहरीले मात्र संभव नहुने भएकाले नागरिकको सक्रियता बढाउनु पर्नेमा जोड दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको सप्ताह व्यापी सचेतना अभियानको सुभारम्भ कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुका उपस्थिति रहेको जनाइएको छ ।