खोटाङका तत्कालीन जिशिअद्वय चापागाईं र भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर (कसलाई कति बिगो )

खोटाङका तत्कालीन जिशिअद्वय चापागाईं र भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर (कसलाई कति बिगो )

रोदिक खबर

२६, आषाढ २०८२
  • 7.7K
    SHARES
  • खोटाङका तत्कालीन जिशिअद्वय चापागाईं र भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर  (कसलाई कति बिगो )

    खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

    अख्तियारले गैरकानूनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको ठहरसहित बिहीबार (आज) विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ।

    Screenshot_20250710_191924_Facebook.jpgScreenshot_20250710_192007_Facebook.jpgScreenshot_20250710_192040_Facebook.jpg

     

    प्रकाशित मिति :आषाढ २६, २०८२ बिहिवार - १९:३४:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको