खोटाङ । खोटाङको दिक्तेलमा नेतृत्व विकास तथा संस्थागत क्षमता सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ स्थित कालिका वडा स्तरीय महिला समुहकाे आयोजना तथा टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा तीन दिने तालिम सुरु भएको हो ।
महिला समुहका ३२ जना महिलाहरुको सहभागिता रहेकोे तालिमको सहजीकरण गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष युवराज रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखा प्रमुख ईरन राई लगायतले गरिरहेको कालिका वडा स्तरीय महिला समुहकी अध्यक्ष लोकमाया थापा (बस्नेत) ले जानकारी दिईन ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, नेपाल पत्रकार महासंघ खोटाङका सचिव राजकुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।