• ट्रेण्डिङ:

अग्नी पीडित तामाङको परिवारलाई सात लाख ७५ हजार राहत प्रदान

अग्नी पीडित तामाङको परिवारलाई सात लाख ७५ हजार राहत प्रदान

रोदिक खबर

२८, श्रावण २०८२
  • 8.1K
    SHARES
  • अग्नी पीडित तामाङको परिवारलाई सात लाख ७५ हजार राहत प्रदान

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका अग्नी पीडित जीतबहादुर तामाङको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । अग्नी पीडित तामाङको परिवारलाई सात लाख ७५ हजार ५७७ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

    आगलागीपछि नुनथलाका स्थानीय एवंम् वडा सदस्य तारादेबी तामाङको संयोजकत्वमा साउन १९ गते स्वेच्छिक रुपमा गठन गरिएको १५ सदस्यमार्फत संकलन भएको राहत बुधबार पीडित परिवारलाई घट्नास्थलमै पुगेर हस्तान्तरण गरिएको हो ।

    गाउँ समाजबाट संकलन भएको दुई लाख २८ हजार ८३५ र साविक नुनथला–९ कै स्थानीय एवम् अगुवा युवा सुन्दर तामाङको व्यक्तिगत बैंक खातामा देश–विदेशमा रहेका आफन्त तथा शुभेच्छुबाट जम्मा भएको पाँच लाख ४१ हजार ७४२ रुपैयाँसहित सात लाख ७५ हजार ५७७ रुपैयाँ राहत हस्तान्तरण गरिएको राहत संकलन समितिका सदस्य एवंम् शिक्षक धनकुमार पाख्रिनले बताए ।

    गाउँ समाज बाहेक अन्यहरुलाई सल्लाह अनुसार नै तामाङको बैंक खातामा राहत सहयोग गर्न आग्रह गरिएको थियो । समाजबाट संकलन भएको राहत वडाध्यक्ष भगेश्वर राई र देश–विदेशमा रहेका आफन्त तथा शुभेच्छुकहरुले बैंक खातामा जम्मा गरिदिएको राहत अगुवा युवा सुन्दर तामाङले पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

    अग्नी पीडित परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले दश हजार, साविक नुनथला–८ गैरीले १५ हजार ३८० रुपैयाँ, महिला तथा युवा समूह महुरेबाट २० हजार, किरात राई चाम्लिङ रिङालुङछाबाट ४२ हजार ४६० रुपैयाँ, किरात राई चाम्लिङ राखुमीहँछाबाट ५८ हजार ५६ रुपैयाँ, दम्कु–गोपिनी–भरङगेबाट नौ हजार १५० रुपैयाँ, धरान तरहराबाट ६७ हजार ७५० रुपैयाँ, रुपाकोट तामाङ सेवा समाजबाट १५ हजार लगायत अन्य व्यक्तिहरुबाट ६० हजार ९५१ रुपैयाँ राहत जुटेकोे थियो।

    अग्नी पीडित तामाङको श्रीमतीसहित एक छोरा, चार छोरी रहेका छन् । तर, छोराछोरीहरु अलग–अलग भईसकेका छन् । आगलागीबाट घर जलेपछि तामाङ श्रीमतीसँग भुकम्प प्राधिकरणले बनाईदिएको छोराको घरको एक कोठामा बस्दै आएका छन्।

    गत साउन १८ गते साँझ ६ बजे घरभित्र रहेको चुलोबाट अचानक आगो सल्किदा तामाङको घरसहित सम्पूर्ण धनमाल जल्दा करीव १३ लाखको क्षति भएको थियो।

    प्रकाशित मिति :श्रावण २८, २०८२ बुधवार - १६:५२:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको