शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बालिका मृत्यु प्रकरण: बलात्कारपछि बालिकाको हत्या गरिएकोे भन्दै निष्पक्ष छानविनको माग

बालिका मृत्यु प्रकरण: बलात्कारपछि बालिकाको हत्या गरिएकोे भन्दै निष्पक्ष छानविनको माग

रोदिक खबर

८, भाद्र २०८२
  • 1.9K
    SHARES
  • बालिका मृत्यु प्रकरण: बलात्कारपछि बालिकाको हत्या गरिएकोे भन्दै निष्पक्ष छानविनको माग

    तारा अछामीको छानविनको माग राख्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै सावित्रा माविका निमित्त प्रअ टंकप्रसाद भडारी।

    खोटाङ । वित्रा माध्यमिक विद्यालय बाम्राङमा कक्षा–४ मा अध्ययनरत छात्रा तारा अछामीको बलात्कारपछि हत्या भएको भन्दै विद्यालयले निष्पक्ष छानविनको माग गरेको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा भेटिएकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी १२ वर्षीया अछामीको बलात्कारपछि हत्या भएको भन्दै विद्यालयले आईतबार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै निष्पक्ष छानविनको माग गरेको हो।

    अछामी हिङमाङको घरमा साउन २९ गते साँझ ६ बजेर ४० मिनेटमा काठको बलोमा कपडाको पासो लगाई झुण्डिएको अवस्था फेला परेकी थिइन्। तर, घट्नास्थल र शवको प्रकृति हेर्दा आत्महत्या नभई बलात्कारपछि हत्या हुनसक्ने विद्यालयले जनाएको छ।

    जनप्रतिनिधि आइ नपुग्दै शव प्याकिङ गरिएको, कम्मरमूनी अंग नाङगो अवस्थामा भेटिनु, घट्नास्थलमा विज्ञ र फोरेन्सिक जनशक्तिको प्रयोग नहुनु, १२ वर्षकै उमेरमा डिप्रेशन वा तनावको कारण आत्महत्या गर्नसक्ने संम्भावना न्यून हुनु, टिसर्ट र सुत्ली डोरीको प्रयोग गरी खुट्टा टेकिएकै अवस्थामा झुण्डिएको हुनु र घट्नास्थलमा पटक पटक प्रहरी परिचालन गराइ अनुसन्धानलाई तीव्रता दिनुपर्नेमा त्यसो नगरिनुले आत्महत्या हुनसक्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग दिक्तेल, राष्ट्रिय महिला आयोग काठमाण्डौ, मानव अधिकार तथा सामाजिक न्याय मञ्च केन्द्रीय समितिलाई बोधार्थसहित बुझाईएको ज्ञापन पत्रमा बालिकाको न्यायको लागि आवश्यक परे जस्तोसुकै संघर्ष गर्न प्रतिवद्धता रहेको उल्लेख छ।

    ज्ञापन पत्र बुझाउन निमित्त प्रधानाध्यापक टंकप्रसाद भण्डारी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल चाम्लिङ राईसहित शिक्षकहरु प्रशासन पुगेका थिए। घट्नालाई लिएर जिल्लामा व्यापक विरोध भईरहेको छ ।

    पोष्टमार्टम रिपोर्टबाट केही प्रमाण फेला परेमा कानून बमोजिम कारबाही हुनेगरी बालिकाको बुबा टेक बहादुर सार्कीले प्रहरीमा भदौ १ गते किटानी जाहेरी दिएका छन्।

    सोही दिन बालिकाको शवलाई पोष्टमार्टम गरी गाडीको हुटमा राखेर अर्खौले लगी अन्त्येष्टि गरिएको छ। पोष्टमार्ट रिपोर्ट आउन भने महिना दिनदेखी डेढ महिनासम्म लाग्ने बताईएको छ।

    प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - २२:०६:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको