• ट्रेण्डिङ:

बाढीमा बगेर दुई युवकको मृत्यु

बाढीमा बगेर दुई युवकको मृत्यु

रोदिक खबर

१७, भाद्र २०८२
  • 3.1K
    SHARES
  • बाढीमा बगेर दुई युवकको मृत्यु

    रसुवा । दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो ।

    गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो । शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :भाद्र १७, २०८२ मंगलवार - १७:३१:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको