• ट्रेण्डिङ:

खोटाङमा महिला मृत फेला

खोटाङमा महिला मृत फेला

रोदिक खबर

१९, भाद्र २०८२
  • 2.5K
    SHARES
  • खोटाङमा  महिला मृत फेला

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी ३६ वर्षीया देवीकला राई मृत फेला परेकी छन्।

    घरबाट हिडेकी राई आफूले अधिया गरेको पानी सहितको धान खेतमा बिहीबार घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिए ।

    राई घरबाट के–कुन समयमा हिडेको भन्ने खुलेको छैन। मृत लाशको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलको शव गृहमा राखिएको छ।

    प्रकाशित मिति :भाद्र १९, २०८२ बिहिवार - २२:३५:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको