• ट्रेण्डिङ:

बानेश्वरपछि सिंहदरबार र नारायणहिटी क्षेत्रमा पनि कर्फ्यू

बानेश्वरपछि सिंहदरबार र नारायणहिटी क्षेत्रमा पनि कर्फ्यू

रोदिक खबर

२३, भाद्र २०८२
  • 1.3K
    SHARES
  • बानेश्वरपछि सिंहदरबार र नारायणहिटी क्षेत्रमा पनि कर्फ्यू

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी हुने स्थानहरू थप गरेको छ। जेनजीको आन्दोलबाट बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले यसअघि त्यस क्षेत्र आसपास मात्रै कर्फ्यु आदेश जारी भएको थियो।

    आन्दोलन थप उग्र बन्दै गएपछि प्रशासनल सि‌ंहदरबार क्षेत्र, राष्ट्रपति कार्यालय शीतलनिवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको हो।

    कर्फ्यु आदेश जारी भए पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै छ।प्रहरी‍ले हवाई फायर र रबरको गोली चलाएको छ। रबरको गोली लागेर कान्तिपुरका भिडिओ पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्।

    उनको सिबिल अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शन उग्र बन्दै गएपछि सेना तयारी अवस्थामा बसेको छ।

    जेनजीले भने आन्दोलनमा घुसपैठ भएकाले बानेश्वरबाट फर्कन भनेका छन्।

    आन्दोलनको व्यवस्थापन गरिरहेकाहरूले हिंसात्मक प्रदर्शन गर्नेहरू आफ्नो प्रतिनिधि नभएको बताएका छन्।

    प्रकाशित मिति :भाद्र २३, २०८२ सोमवार - १४:२९:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको