• ट्रेण्डिङ:

डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि यसरी रोक्यो सेनाले

डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि यसरी रोक्यो सेनाले

रोदिक खबर

२५, भाद्र २०८२
  • 1.3K
    SHARES
  • डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि यसरी रोक्यो सेनाले

    काठमाडौं । डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ ।

    बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् जेनजीको आन्दोलनका क्रममा कारागारका बन्दीहरू देशभरबाट भागेका छन् ।

    रास्वपा सभापति रवि लामछानेलाई नख्खु कारागारबाट निकालेपछि सबैतिर बन्दीहरू भाग्न थालेका छन् । कास्की कारागारबाट सबै बन्दी भागेका छन् ।

    कपिलवस्तु कारागारबाट ४ सय बढी भागेका छन् । सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् ।

    भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीबन्दी भागेका छन् । तनहुँ कारागारबाट पनि बन्दी भागेका छन् ।

    प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - १२:२३:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको