उदयपुर । अविरल वर्षासँगैे उदयपुरको त्रियुगा नगरपालिका वडा ५ दमौटीस्थित स्थानीय अम्मि खोलाको बाढीले बगाएर एक बालिकाको मृत्यु भएको छ ।
अम्मि खोलामा आएको बाढीले बगाउदा स्थानीय उज्जन राईको तीन वर्षीया छोरी रेविका राईको शनिबार मृत्यु भएको त्रियुगा नगरपालिका वडा ५ का वडा अध्यक्ष उद्दव थापाले जानकारी दिए ।
खोलाको छेउमा खेल्दै गरेको अवस्थामा माथिबाट एक्कासि आएको बाढीले बगाएको र करिव डेढ किलोमिटर तल मृत अवस्थामा निजको सव फेला परेको जनाइएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलिले कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि मृतकको शव उदयपुर जिल्ला अस्पताल लगिएको वडाध्यक्ष थापाले बताए ।