खोटाङ । अटोमा बेहोस भेटिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवासुङका ४५ वर्षिय अटो चालक जीतबहादुर राईको मृत्यु भएको छ ।
दिक्तेलस्थित रत्नपार्कमा शनिबार अपरान्ह ३ बजे प्र.१-०२-००४ ह ६६८२ नम्बरको आफ्नै अटोमा बेहोस अवस्थामा भेटिएका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बेहोस अवस्थामा भेटिएका राईलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा पुर्याए पनि अस्पताल पुर्याएको केही समय पश्चात मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईलाई ४ बजेर १० मिनेटमा अस्पतालले मृत्त घोषणा गरेको जनाइएको छ ।