• ट्रेण्डिङ:

सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ३९ ढोका खुल्ला

सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ३९ ढोका खुल्ला

रोदिक खबर

१९, आश्विन २०८२
  • 1.1K
    SHARES
  • सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ३९ ढोका खुल्ला

    सुनसरी । लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलिएका छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार आज (आइतबार) बिहान ७ बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेन्ड दुई लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका खोलिएको हो।

    हिजो बेलुका ८ बजे पानीको प्रवाह प्रति सेकेन्ड एक लाख ९३ हजार ६० क्युसेक हुँदा १५ ढोका मात्रै खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको बहाव अत्यधिक बढ्दा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो।

    त्यसपछि केही दिन पानीको बहाव घटेको भए पनि पछिल्ला दिनमा निरन्तर वर्षा भइरहेको कारण आज बिहानदेखि पुनः सप्तकोसीमा पानीको बहाव बढेको प्रवक्ता खतिवडाले बताए।

     

    कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने प्रावधान छ। सोहीअनुसार हाल ब्यारेजमा तीन वटा रातो बत्ती बलिरहेको कन्ट्रोल रुमले जनाएको छ।

    प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - ०९:१६:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको