• ट्रेण्डिङ:

कोसीका ५६ वटै ढोका खोलियो, पुलमा ठूला गाडी रोकियो

कोसीका ५६ वटै ढोका खोलियो, पुलमा ठूला गाडी रोकियो

रोदिक खबर

१९, आश्विन २०८२
  • 1.1K
    SHARES
  • कोसीका ५६ वटै ढोका खोलियो, पुलमा ठूला गाडी रोकियो

    सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सबै ५६ वटा ढोका खोलिएको छ । कोशी नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेले जोखिम हेरेर सबै ढोका खोलिएको बताए ।

    सप्तकोशीको पुलमा हलुका सवारी साधनलाई आउजाउ गर्न दिइएको छ । ठूला र हेभी गाडी रोकिएको उनले जानकारी दिए ।

    इन्जिनियर र प्राविधिकहरुसँग छलफल गरेर मात्रै पूर्ण आवागमन रोक्ने विषयमा निर्णय हुने उनले बताए । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा हुँदा कोसीमा बाढी बढेको हो ।

    प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - १०:१७:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको