फाइल तस्वीर ।
इलाम । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । शनिबार र आज (आइतबार) गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सूर्योदय नगरपालिकामा पाँच जना, माइसेबुङ गाउँपालिकामा पाटीगाउँका तीन, देउमाई नगरपालिका–५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक र इलाम नगरपालिका–५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए ।
यस्तै, कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पोखरेलका अनुसार पहिरोमा परी घाइते भएकी गर्भवतीलाई उद्दार गर्न नेपाली सेनाको हेलिकोप्टर गएको छ ।
माङसेबुङकी गर्भवती उद्दार गर्न क्याटेन भुपेन्द्र शाही नेतृत्वको टोली हेलिकोप्टर लिएर त्यसतर्फ प्रस्थान गरेको छ ।