• ट्रेण्डिङ:

बाढीपहिरो अपडेट

देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

रोदिक खबर

१९, आश्विन २०८२
  • 1.2K
    SHARES
  • देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

    काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।

    नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।

    जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् ।

    उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

    प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

    प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - १४:२३:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको