बिहिवार, कार्तिक १३ गते २०८३

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

रोदिक खबर

३१, आश्विन २०८२
  • 1.5K
    SHARES
  • एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

    काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो । विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला करिब ४३ हजार रुपैयाँ बढेको छ ।

    भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ। त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ ।

    शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।

    प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार - १३:३३:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको