खोटाङ । खोटाङको दिक्तेलमा १० दिने मुढा बनाउने तालिम शुरु भएको छ । स्थानीय महिलालाई स्वरोजगारमूलक सीप प्रदान गर्ने उद्देश्यले कालिका वडा स्तरीय महिला समूह दिक्तेलको आयोजना तथा टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा महिलाहरुलाई मुढा बनाउने १० दिने तालिम सुरु भएको हो ।
तालिम देविस्थान एकता समाज दिक्तेलको सभा हल भईरहेको जनाइएको छ । समुहका ११ जना महिलाहरुको सहभागिता रहेको मुढा बनाउने तालिमको सहजीकरण भलकाजी विकले गरिरहेको समुहकी सचिव सावित्रा आचार्य (घिमिरे) जानकारी दिईन ।
समुहकी अध्यक्ष लोकमाया थापा (गीता)अध्यक्षता एवम् दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज राई, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, गैरसरकारी संस्था महासंघ खाेटाङका अध्यक्ष युवराज रिजाल, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो ।