काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।
आयुर्वेदिक चिकित्सक शाहको उपचारका क्रममा सोमबार (मंसिर १५) मध्याह्न करिब १२ बजे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको जनाइएको छ ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।
(*यसअघि समाचारमा प्रयोग भएको तस्बिर फरक पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ । सम्पादक)