खोटाङ । खोटाङको दिक्तेलमा स्थानीय महिलाहरूलाई लक्षित गरी मुढा बनाउने सीप विकास तालिम भइरहेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कालिका वडा स्तरीय महिला समूहको आयोजनामा तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा सहभागी महिलाहरूले मुढा उत्पादनका आधारभूतदेखि व्यावहारिक सीप सिकिरहेका छन्।
देविस्थान एकता समाज दिक्तेल–१ मा सञ्चालन भइरहेको तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा राखिएको वडा स्तरीय महिला समूहकी अध्यक्ष लोकमाया थापा (गीता) ले जानकारी दिईन ।
प्रशिक्षणमा सहभागी महिलाहरूलाई दैनिक प्रयोग हुने मुढा विभिन्न डिजाइन तथा गुणस्तरसहित उत्पादन गर्ने विधि सिकाइँदैछ।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सुरु गरिएको यो तालिमले महिलाहरूको सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने जनाईएको छ। तालिममा समुहका ११ जना महिलाहरुको सहभागिता रहेको मुढा बनाउने तालिमको सहजीकरण भलकाजी विकले गरिरहेको समुहकी अध्यक्ष थापाले बताइन् ।