खोटाङ । कुटपिटबाट खोटाङमा एकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा सिगाने निवासी दिलकुमार भुजेलको कुटपिटबाट सोही ठाँउका पदम रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।
मापसे गरेका भुजेलको कुटपिटबाट रोक्काको पुस ६ गते बिहान ११ बजे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनएको छ ।
कुटपिटमा संलग्न भुजेललाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।