बिहिवार, कार्तिक १३ गते २०८३

जिल्लामा सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध छु : प्रजिअ कँडेल

जिल्लामा सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध छु : प्रजिअ कँडेल

रोदिक खबर

२२, पौष २०८२
  • 1.8K
    SHARES
  • जिल्लामा सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध छु : प्रजिअ कँडेल

    खोटाङ । खोटाङको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जिल्लामा सुशासन कायम गर्दै नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

    जिल्ला प्रशासन कार्यालय खोटाङमा जिल्लाका पत्रकारहरुसँग छलफल गर्दै प्रजिअ कँडेलले जिल्लामा कार्यरत सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी तथा नागरिक समाजसँग समन्वय र सहकार्य गरेर काम गर्न आफू पूर्ण रूपमा तयार रहेको बताएकी हुन्।

    “सरकारको नीति तथा कानुनको पालना गराउँदै नागरिकमैत्री प्रशासन निर्माण गर्नु मेरो प्रमुख प्राथमिकता हो,” प्रजिअ कँडेलले भनिन्,“सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने दिशामा सबै सरोकारवालासँग हातेमालो गरेर अघि बढ्नेछु ।”

    प्रकाशित मिति :पौष २२, २०८२ मंगलवार - १८:१९:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको