बिहिवार, कार्तिक १३ गते २०८३

हावाहुरीका कारण विद्युत अवरुद्ध, जनजीवन प्रभावित

हावाहुरीका कारण विद्युत अवरुद्ध, जनजीवन प्रभावित

रोदिक खबर

३, चैत्र २०८२
  • 1.2K
    SHARES
  • हावाहुरीका कारण विद्युत अवरुद्ध, जनजीवन प्रभावित

    खोटाङ। सोमबार आएको हावाहुरीका कारण जिल्लाको विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ। जलजले–बुइपा-दिक्तेल प्रसारण लाइनअन्तर्गत विभिन्न स्थानमा रुख ढलेपछि लाइनमा क्षति पुग्दा विद्युत आपूर्ति बन्द भएको हो।

    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दिक्तेलका अनुसार हावाहुरीका कारण ठाउँ–ठाउँमा रुख ढल्दा प्रसारण लाइनमा समस्या उत्पन्न भई विद्युत सेवा अवरुद्ध भएको जनाएको छ।

    अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्न प्राधिकरणका प्राविधिक टोलीले मर्मत गरिरहेको जनाएको छ। यद्यपि, पूर्ण रूपमा सेवा सुचारू हुन केही समय लाग्न सक्ने बताइएको छ।

    विद्युत अवरुद्ध हुँदा सरकारी कार्यालयसहित विभिन्न सेवा प्रदायक निकायबाट प्रवाह हुने सेवामा समेत असर परेको छ भने सर्वसाधारणको दैनिक जनजीवनमा कठिनाइ उत्पन्न भएको छ।

    प्रकाशित मिति :चैत्र ३, २०८२ मंगलवार - १०:५३:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको