• ट्रेण्डिङ:

आर्थिक अभावमा उपचारमा समस्या, परिवारद्वारा उपचारका लागि सहयोगको अपिल

आर्थिक अभावमा उपचारमा समस्या, परिवारद्वारा उपचारका लागि सहयोगको अपिल

रोदिक खबर

१, बैशाख २०८३
  • 11.1K
    SHARES
  • आर्थिक अभावमा उपचारमा समस्या, परिवारद्वारा उपचारका लागि सहयोगको अपिल

    खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ निवासी ३१ वर्षीय सविन सुवेदी गम्भीर घाइते भई हाल काठमाडौंमा उपचाररत रहेका छन्।

    आर्थिक अभावका कारण उपचार खर्च जुटाउन कठिनाइ भएपछि परिवार तथा आफन्तले सहयोगका लागि सबैसँग अपिल गरेका छन्।

    गत २०८२ चैत २८ गते बेलुका अचानक बेहोस भई घरको छतबाट खस्दा सुवेदीको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्काल उपचारका लागि काठमाडौं लगिएको थियो।

    हाल उनी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू) मा चिकित्सकको निगरानीमा उपचाररत छन्।

    चिकित्सकका अनुसार सुवेदीको टाउकोको शल्यक्रिया (अप्रेशन) सफल भइसकेको छ। तर शल्यक्रियापछि थप उपचारका लागि लामो समयसम्म अस्पतालमै राख्नुपर्ने अवस्था रहेको बताइएको छ।

    उपचार प्रक्रिया जटिल र खर्चिलो भएकाले परिवारलाई उपचार खर्च व्यवस्थापन गर्न कठिन भइरहेको जनाइएको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सुवेदीको जीवन रक्षाका लागि सहयोगी मन भएका सबैमा मानवीय सहयोग गर्न परिवारले हार्दिक अपिल गरेको छ।

    Messenger_creation_BDBFDD55-13B1-4DAD-9CC6-63B5682E274C.jpegसहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले तल उल्लेखित व्यक्तिहरूसँग सम्पर्क गर्न सक्नेछन्।

    भीमबहादुर सुवेदी–९८६३६९६३०४, गंगा सुवेदी–९८४४३१५७५२, लोकेन्द्र कट्वाल–९८४२९६८६८२, प्रवेश वास्तोला–९८४२३४००११,  धिरज कट्वाल ९८५२०५७२३७

    परिवारले सविन सुवेदीको जीवन बचाउन सबैको साथ, सहयोग र सद्भाव आवश्यक रहेको भन्दै सक्दो आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ।

    प्रकाशित मिति :बैशाख १, २०८३ मंगलवार - ११:२७:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको