• ट्रेण्डिङ:

विद्यालयलाई वडा कार्यालयको ल्यापटप र प्रिन्टर 

विद्यालयलाई वडा कार्यालयको ल्यापटप र प्रिन्टर 

रोदिक खबर

८, आश्विन २०७७
  • 3.7K
    SHARES
  • विद्यालयलाई वडा कार्यालयको ल्यापटप र प्रिन्टर 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्यकासाथ वडा कार्यालयले चार वटा प्राविलाई एक वटा ल्यापटप र एक वटा प्रिन्टर प्रदान गरेको हो ।

    गत वर्ष वडामा रहेका एक वटा मावि र एक वटा आधारभुत विद्यालयलाई चार लाख बराबरको ल्यापटप, प्रिन्टर, प्रोजेक्टर लगायत प्रदान गरेको वडा कार्यालयले यसपल्ट बाँकी चार वटा प्राबिलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको हो । 

    वडाका विद्यालयमा कार्यरत प्रअ र शिक्षकलाई कम्यूटर सञ्चालन सम्वन्धी एक महिने आधारभुत तालिम दिएको केही समयपछि बाँकी रहेका प्राविलाई दुई लाखको ल्यापटप र प्रिन्टर प्रदान गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए ।

    बुधबार आयोजित कार्यक्रममा वडाध्यक्ष राईले प्राबिका प्रअलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेका छन् । आवश्यक परे प्राविलाई पनि प्रोजेक्टर प्रदान गरिने वडाध्यक्ष राईले बताए ।

    ‘गत वर्ष माबि र आधारभुत विद्यालयलाई ल्यापटप, प्रिन्टर, प्रोजेक्टर प्रदान गरिएको थियो, यसपल्ट प्राबिलाई प्रदान गरिएको हो,’ वडाध्यक्ष राईले भने, ‘कोरोना महामारीकैबीचमा प्रअ र शिक्षकलाई सहभागी गराएर वेसिक कम्यूटर तालिम चलायौं । विद्यालयको कामकाजलाई प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य हो ।’ 

    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १०:२५:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको