खोटाङ । खोटाङ र उदयपुर जिल्लाको सिमानामा पर्ने सुनकोशी नदीस्थित वंशिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज वैशाख मसान्तभित्र खोलिने भएको छ।
पूर्वाधार विकास कार्यालय खोटाङका अनुसार नदीमा पानीको बहाव बढ्न थालेपछि सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बेलिब्रिज हटाउने खोलिने भएको हो।
हाल देशभर मौसम परिवर्तनसँगै निरन्तर वर्षा भइरहेको तथा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट समेत वर्षा र नदीको बहाव बढ्ने पूर्वानुमान सार्वजनिक भइरहेका कारण संरचनाको सुरक्षामा चुनौती देखिएको कार्यालयले जनाइएको छ ।
नदीमा पानीको बहाव बढ्न थालेपछि सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निर्माण व्यवसायीलाई २०८३ साल वैशाख मसान्तभित्र बेलिब्रिज खोल्न पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए ।