घट्यो पेट्रोल डिजेलको मूल्य,पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँ

घट्यो पेट्रोल डिजेलको मूल्य,पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँ

रोदिक खबर

१८, बैशाख २०८३
  • 3.4K
    SHARES
  • घट्यो पेट्रोल डिजेलको मूल्य,पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँ

    खोटाङ । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो ।

    नयाँ मूल्य अनुसार अब पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम भएको छ ।

    निगमले हवाई इन्धन र खाना पकाउने एल.पी. ग्यासको मूल्य भने बढाएको छ ।

    हवाई इन्धन (आन्तरिक) तर्फ प्रति लिटर ७ रुपैयाँले वृद्धि हुँदा अन्तर्राष्ट्रियतर्फ काठमाडाैँकाे लागि प्रति किलाेलिटर अमेरिकि डलर ४६ बढाइएकाे छ भने एल.पी. ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले बढेको छ ।

    समायोजन पछि अब पुरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ ।

    प्रकाशित मिति :बैशाख १८, २०८३ शुक्रवार - ०५:३२:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको