खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

रोदिक खबर

२४, बैशाख २०८३
  • 10.0K
    SHARES
  • खोटाङमा करेन्ट लागेर  एक जनाको मृत्यु

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय आनन्द राई रहेका छन्।

    अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्ने क्रममा ट्रान्सफर्मरमा फ्युज फेर्न पोलमा चढेका राईलाई अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिए।

    वडाध्यक्ष राईका अनुसार मृतक राईका तीन छोरा र एक छोरी छन्। मृतकको शव पोस्टमार्टमका लागि दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ।

    प्रकाशित मिति :बैशाख २४, २०८३ बिहिवार - ०६:३४:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको