निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिताका लागि दिक्तेलमा नेतृत्व विकास तालिम शुरू

निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिताका लागि दिक्तेलमा नेतृत्व विकास तालिम शुरू

रोदिक खबर

१४, जेठ २०८३
  • 3.3K
    SHARES
  • निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिताका लागि दिक्तेलमा  नेतृत्व विकास तालिम शुरू

    खोटाङ, १४ जेठ । महिलाको नेतृत्व क्षमता अभिवृद्धिका लागि खोटाङको दिक्तेलमा नेतृत्व विकास तालिम शुरू भएको छ । निर्णय तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले दिक्तेलस्थित होटेल शुभ दिनको सभा हलमा बिहीबारबाट तालिम शुरू भएको हाे ।

    सृष्टिमाता महिला समाज, नेपाल खोटाङको आयोजना तथा टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

    तालिममा जिल्लास्थित विभिन्न राजनीतिक दलका १२ जना महिला प्रतिनिधि तथा सृष्टिमाता महिला समाजका २० जना सदस्य गरी ३२ जनाको सहभागिता रहेको संस्थाकी सचिव सविता कार्कीले जानकारी दिइन् ।

    सचिव कार्कीका अनुसार १४ गतेदेखि १६ गतेसम्म नेतृत्व क्षमता विकास सम्बन्धी र १७ गतेदेखि १९ गतेसम्म फोहोर व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गरिनेछ ।

    तालिमकाे सहजीकरण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान नगरप्रमुख दिपनारायण रिजाल, गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष युवराज रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखा प्रमुख इरन राई र बालसेवा समाज नेपालकी अध्यक्ष चन्द्रकला भुजेल लगायतले गर्ने जनाइएको छ ।

    संस्थाकी अध्यक्ष जगतकुमारी श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रेखा कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि दुर्वासा गेलाल, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्य, नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्य, श्रम संस्कृति पार्टी खोटाङकी उपाध्यक्ष सङ्गीता राई, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, कार्यपालिका सदस्यद्वय अन्जना बस्नेत र मीना कार्की, दिक्तेल बहुमुखी क्याम्पसका उपप्राध्यापक लिलाबहादुर खत्री, समाजसेवी शिवनारायण श्रेष्ठ, वडा सदस्य रेखा रम्तेल लगायतको  उपस्थित रहेको थियो ।

    आयोजकका अनुसार यस तालिमले महिलामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने आत्मविश्वास बढाउनुका साथै समुदायमा सरसफाइ तथा फोहोर व्यवस्थापनप्रति व्यवहारिक चेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने छ ।

    प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - १७:२०:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको